लियो क्लब अफ काठमाण्डू रिजेन्सीले आज आफ्नो अफिसियल वेबसाइड सर्वजनिक गरेको छ।

Avatar
meropati

लियो क्लब अफ काठमाण्डू रिजेन्सीले आज आफ्नो अफिसियल वेबसाइड सर्वजनिक गरेको छ।
सन् २००५ सालमा स्थापना भई लियो क्लब अफ काठमाण्डू रिजेन्सीले हालसम्म विभिन्न क्रियाकलाप जस्तै:- भोकमरी राहत, वृक्ष रोपन, बाढीपीडितका लागि सहयोग, पुस्तकालयका लागि बिभिन्न  पुस्तकहरु, कम्प्युटर तथा कम्प्युटर टेबुल सहयोग गर्दै आइरहेको छ।  र अहिले बिश्वभरि फैलिएका कोरोना भाइरस (COVID- 19)  चेतनामुलक कार्यक्रमहरु  – मानसिक स्वास्थ्य जागरूकतार तालिम लगायत काठमाण्डुका विभिन्न ठाउँहरुमा मास्क, ग्लभस् वितरण गरेको छ।  समय समयमा  विभिन्न तालिम तथा जनचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको लियो क्लब अफ काठमाण्डू रिजेन्सीले आज भदौ ५, शुक्रबारका दिन बसेको General meeting र Club Visit मा क्लबका Presiding officer Leo Suyog Gautam को उपस्थिति र जिल्ला 325 A2, बाट आउनुभएका  जिल्लाका Joint  Secretary र  लियो क्लब अफ काठमाण्डू रिजेन्सीका ( IPP ) Leo Rajendra Ghimire र Region Coordinator Leo Sushrit Paudel को उपस्थिती र क्लबको १५ जना सदस्यहरूको उपस्थितिमा रिजेन्सीले आफ्नो वेबसाइड सार्वजनिक गरिएको छ ।👇
https://www.leoktmregency.com/
Information:- Leo Kundan Sinha
Secretary Leo Club of Kathmandu Regency,325 A2

Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/digitalr/public_html/wp-includes/functions.php on line 5061

आज जनै पूर्णिमा पर्व मनाइँदै

DigitalRautahat
meropati

१९ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण भीड कम गर्न सरकारले आह्वान गरेको छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

आज क्वाँटी खाने दिन

जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।

यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले कोरोनाबाट बच्न उपयोगी हुन्छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरस संक्रमणको भयका कारण मेला स्थगित गरिएको छ ।

जनैपूर्णिमाका अवसरमा अवसरमा केही वर्षअघिसम्म सार्वजनिक बिदा दिर्ने गरिएकामा हाल कटौतीमा परेको छ ।

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

DigitalRautahat
meropati

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ६३ जना संक्रमित थपिएका छन् ।

यस्तै, महोत्तरीका ५६ जना, गुल्मीका ३८, प्युठानका ३५, दाङका ३४, बाजुरा र नवलपुरका ३१/३१ जना, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहटका १७/१७ जना, डोटीका १३, रुपन्देहीका १२ र धनुषाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, कपिलवस्तुका ८ जना, उदयपुर, तनहुँ र अर्घाखाँचीका ६/६ जना, कास्कीका ५, खोटाङका ४ र झापा, दोलखाका पर्वत, म्यादी र पाल्पाका २/२ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

उता, सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा एकएक जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९६२ नमुना मात्र परीक्षण भएको छ ।

वार्ताबाट किन भाग्दैछ भारत ?

DigitalRautahat
meropati

१३ असार, काठमाडौं । वार्तामा बस्न नेपालले गरेको पटक–पटकको आग्रहलाई भारतले अस्वीकार गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकलाई शुक्रबार जानकारी दिए । नेपालले सीमा अतिक्रमणका विषयमा वार्तामा बस्न पटक–पटक गरेको औपचारिक र अनौपचारिक प्रयासलाई वेवास्ता गरेको मन्त्री ज्ञवालीको भनाइ छ ।

गत कार्तिक यता नेपालले गरेको वार्ता प्रस्तावलाई भारतले विभिन्न बाहनामा टार्दै आएको छ । सर्वे अफ इन्डियाले भारतको आठौं र नवौं संस्करणको राजनीतिक नक्सा जारी गरेलगत्तै नेपालले पठाएको ‘कूटनीतिक नोट’को जवाफ प्रस्तावित वार्ता मिति घर्किएपछि मात्रै दियो । बैशाख अन्तिम साता नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा भारतीय राजदूतलाई बोलाएरै वार्ताको प्रस्ताव पठाउँदा पनि भारतले टेरपुच्छर नलगाउको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

‘छिमेकी पहिला’ कूटनीति अपनाएको दाबी गर्ने नरेन्द्र मोदी नेतृत्वको सरकार नेपालसँगको वार्ताबाट किने भागीरहेको छ त ? ‘प्रमुख कारण भनेको त बाहिर जति विरोध गरे पनि नेताहरूलाई मनाउन सकिहालिन्छ नि भनेको हुुनुपर्छ’ परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई भन्छन्, ‘नेपालसँगको वार्तालाई महत्व दिनुपर्छ भन्ने लागेकै देखिएन ।’

पछिल्लोपटक उसले ‘नेपाल’ ले नभई ‘नेपाली नेतृत्व’ले वार्ताको वातावरण बनाउन पर्ने भनिरहेको छ । यसले पनि भारतीयहरू नेताहरूलाई मनाए पुगीहाल्छ नी भन्ने सोचाइमा देखिएको भट्टराईको विश्लेषण छ ।

प्रमाणको अभाव

नेपाल पक्षाले सुगौली सन्धि लगायतका दर्जनौं प्रमाणका आधारमा लिम्पियाधुरा मुहान भएकै काली नदी सीमा नदी भएको बताउँदै आएको छ । ऐतिहासिक तथ्य तथा प्रमाणहरूको आधारमा नेपालको प्रशासनिक तथा राजनीतिक नक्सा समेत जारी गर्दा पनि वार्ताका लागि आलटाल गर्नुको प्रमुख कारण प्रमाणको अभाव हुन सक्छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको कुरा आएपछि यो यो प्रमाणले त्यो क्षेत्र हाम्रो हो नभनी भारतका लागि के के कारणले महत्वपूर्ण छ भन्ने दलिल पेश गर्दै आएको देखिन्छ । महाकाली सन्धिताका नेपालमा राजदूत रहेका केभी राजनले ‘ब्रिटीशकालीन सन्धि र नक्सालाई लिएर विवाद गर्नु नै आवश्यक नभएको’ बताएका छन् ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ भारतसँग प्रमाण नभएरै वार्तामा बस्न नचाहेको दाबी गर्छन् । उनी भन्छन्, ‘वार्तामा बस्यो की नेपालले सन्धि, नक्सा लगायतका प्रमाण र्तेस्याउँछ भनेर उसले ढिलो गर्न खोजेको हो ।’

सुगौली सन्धि नै नेपालका लागि लालपुर्जा सरह भएको श्रेष्ठको भनाइ छ । ‘हामीसँग पर्याप्त प्रमाण छन् तर यसको मतलब हामी ढुक्कैले तयारी नगरी बस्नु हुँदैन’, उनी भन्छन्, ‘हाम्रो भूमि कब्जा गरेर बसेको उ भाग्न खोजे पनि हामीले तानेर वार्तामा ल्याउन प्रयत्न गर्नुपर्छ ।’

नेपाली अनुकूलताको प्रभाव

सीमा अतिक्रमणको विषयमा सबै राजनीतिक दलहरूमा एक ठाउँमा देखिन्छन् । विवाद आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक गरेर सर्वदलीय सहमति जुटाए । संसद् सर्वसम्मतले संविधान संशोधन विधेयक पारित भयो । जबकी भारतीय राष्ट्रिय कांग्रेस पार्टीले नेपालको विषयमा के भइरहेको छ भन्ने कुरा मोदीले प्रतिपक्षीलाई जानकारी नदिएको भनेर आलोचना गरेको छ ।

सबै दलहरू एक जुट हुँदा ‘फुटाउ र राज गर’ नीति असफल हुने देखेर पनि भारतले यतिबेला वार्तालाई महत्व दिएको छैन । आन्तरिक द्वन्द्व चर्किएका बेलामा आफ्नो स्वार्थनुकुलको काम गराउने उसको पुरानै चलन हो ।

नेपालसँग नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीपछि संवाद गर्ने बताएको भारतले चीनसँग भने तुरुन्तै वार्ता ग¥यो । भारत र चीनबीचको टकरावमा अमेरिका, बेलायतले मध्यस्थता गर्ने बताएका छन् ।

प्रभावशाली भनिएका ती देशहरू मध्यस्थताका लागि अघि सर्नु भनेको द्वन्द्वरत दुबै देशको पक्षमा नआउनु हो । भारतले ठूला देशको साथ नपाउनु पनि नेपालका लागि अन्तराष्ट्रियता अनुकूलता हो ।

नेपालले लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गरिसकेपछि लिपुलेक त्रिदेशीय विन्दु रहेन । यस हिसाबले लिम्पियाधुरा त्रिदेशीय विन्दु हुन्छ । त्यो विन्दु निर्धारण हुनका लागि चीन पनिको सहभागिता आवश्यक देखिन्छ । यति बेला तीनवटा देश वार्तामा बस्दा चीनले नेपालको साथ दिने आशंका पनि भारतीयहरूमा देखिन्छ ।

नेपालीहरुलाई उत्तेजित बनाउने रणनीति

ऐतिहासक दस्तावेज तथा प्रमाणहरू आफ्नो पक्षमा नभएपछि भारतले नेपालीहरूलाई योजनाबद्ध रुपमै उत्तेजित बनाउन लागि परेको एकथरीको विश्लेषण छ । भारतीय सञ्चार माध्यमको प्रस्तुति त्यसको एउटा उदाहरण हो ।

संविधान संशोधनको पक्षमा भोट नहालेकी जनता समाजवादी पार्टीकी सांसद् सरिता गिरीविरुद्ध नेपाल विरोधीहरू नै लागेको एक कूटनीतिज्ञको आशंका छ । ‘हेर्दा राष्ट्रवादी जस्तो देखिने तर भित्री रुपमा भारतलाई फाइदा पुग्ने गतिविधिको प्रतिक्षमा देखिन्छन्’ उनी भन्छन्, ‘जसरी हुन्छ नेपालीहरू उत्तेजित भएर एकपछि अर्को गल्ती गर्दै जाउन भन्ने भारतको चाहना देखिन्छ । कोरोना नभएको भए अन्धराष्ट्रवादीहरूले त्यस्तो हर्कत पनि गरिसकेका हुनसक्थे ।’

पूर्व राजदूत श्रेष्ठ नेपालीलाई एकापसमा फुटाउन नसकेकोपछि भारतले थकाउने, गलाउने र विषयान्तर गर्ने नीति लिएको बताउँछन् । उनी भन्छन्, ‘गोर्खा भर्तीको कुरा गरेर हुन्छ की के गरेर हुन्छ हामीले वार्तामा बस्न निरन्तर दबाव दिन सक्नुपर्दछ ।’

भारतको परराष्ट्र मन्त्रालयमा कर्मचारीतन्त्र हावी भएको कुरा प्रष्टै छ । मन्त्रालयको नेतृत्व नै पूर्वकर्मचारीले गरेका छन् । ठूलालाई चाकरी गर्ने र सानालाई निर्देशन दिएर राख्ने कर्मचारीतन्त्रको स्वभावले गर्दा पनि भारतले नेपाल जस्तो सार्वभौम देशलाई समभावको दृष्टिले हेर्न सकेको छैन ।

परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई नेपालको परराष्ट्र नीति ‘सुनिने र देखिने’ अवस्थामा पुगेको बताउने सरकारले अझै मेहनेत गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अबै साँच्चै कूटनीतिक कौशल देखाएर अतिक्रमित भूभाग फिर्ता ल्याउने जिम्मेवारी प्रधानमन्त्रीको काँधमा आएको छ ।’

चिनियाँ जनमुक्ति सेनाले आफ्नो सेनालाई भिरबाट लडाएपछि भारत तुरुन्तै वार्तामा वस्न तयार भयो । यसले पनि नेपालले बाध्य नपार्दासम्म भारत वार्तामा बस्दैन भन्ने देखाउँछ ।

पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संवादहीनता भारतको पनि हितमा नभएको बताउँछन् । कूटनीतिक वार्ताकै माध्यमबाट समस्याको निकास निकाल्नुपर्ने उनको जोड छ । भारतमा राजदूत रहिसकेका पूर्वमन्त्री थापा भन्छन्, ‘मौनतामा आधारित अन्योल दुबै देशको हितमा छैन ।’

थप १० वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

DigitalRautahat
meropati

सरकारले कोरोनाको पीसीआर परीक्षणका दायरा बढाउने तयारी अनुरुप थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,थप सञ्चालन गर्न लागिएका प्रयोगशालामा मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालमा कोरोना परीक्षण गर्ने निर्णय गरिएको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो ।

काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो (सूचनासहित)

DigitalRautahat
meropati

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ पास दिन बन्द गरेको छ । गत २८ गतेको मन्त्रिपरिषद्को बैठक ३० गतेको गृह मन्त्रालयको निर्देशन अनुसार जिप्रकाले आइतबार एक सूचना जारी गर्दै पास बन्द गराएको जानकारी दिएको हो । जिप्रका काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बूढा हस्ताक्षरित सूचनामा काठमाडौँ उपत्याका बाहिर रहेका व्यक्ति काठमाडौं भित्रिन चाहेको खण्डमा काठमाडौँको कुन नगरपालिकामा बस्ने हो त्यही नगरपालिकाले आउनुपर्ने जिल्लाको जानकारी सहित प्रवेशको अनुमति निवेदन कार्यालयमा दिनुपर्ने छ ।त्यसपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर पास उपलब्ध गराउने जानकारी गराएको छ ।
यस्तै काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ ।

प्रदेश २ मा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

DigitalRautahat
meropati

३२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो ।

पर्सा, बारा, रौतहट र सर्लाहीबाट ल्याइएका थ्रोट स्वाबको नमुना परीक्षणका क्रममा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘पर्सामा ३ जना महिला छन् भने अरु संक्रमित सबै पुरुष हुन्,’ डा. उपाध्यायले भने, ‘सम्बन्धित निकायमा खबर पठाएका छौं, उनीहरुलाई आइसोलेटेड गर्ने तयारी भइरहेको छ ।’

पर्साको पोखरिया क्वारेन्टिनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको छ । पोखरिया क्वारेन्टिनमा बस्दै आए पनि ३२ वर्षीया महिला वीरगञ्जको र २४ वर्षीय एक पुरुष बहुदरमाईका छन् ।

विन्दबासिनी क्वारेन्टिनमा रहेका सखु्वाप्रसौनी–३ का ४० वर्षीय र विन्दबासिनी–३ का २६ वर्षीय पुरुषमा, जिराभवानी क्वारेन्टिनमा बस्दै आएका जिराभवानी–१ शान्तिटोलका ३२ वर्षीय पुरुषमा, धोविनी क्वारेन्टिनका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रिपोर्ट ढिलो आएको भन्दै धोविनी क्वारेन्टिनबाट ४४ जना भागेर घर पुगेका थिए । पछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर फिर्ता ल्याएको थियो ।

पर्सागढी नगरपालिका ४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका– १ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली– ५ निचुटा बस्ने २० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।

बाराका ९ जना संक्रमित सबै पचरौताका छन् । पचारौताका २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

रौतहट र सर्लाहीका संक्रमितको थप विवरण आउन बाँकी छ ।

थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

DigitalRautahat
meropati

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।

पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।

रौतहटमा शनिवार थपिए ४४ कोरोना संक्रमित, संक्रमितको संख्या ६६१ पुग्यो

DigitalRautahat
meropati

रोतहट ३१ जेष्ठ । रौतहटमा शनिवार थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ६६१ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय गौरका ल्याब सुपरभाइजर राजकुमार साहका अनुसार शनिवार थपिएका ४४ संक्रमितहरु परोहा नगरपालिका हुन् ।रोजगारी गरेर भारतबाट फर्की क्वारेन्टिनमा बसेका उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेका जनाइएको छ । हिजो (शुक्रबार) एकै दिन राजपुर नगरपालिकामा ८५ र परोहा नगरपालिकामा १ जना गरी ८६ जनामा संक्रमणको पुष्टि भएको थियो । रौतहटको राजपुरमा मात्र सबैभन्दा बढी संक्रमित भेटिएको छ । राजपुरका २ हजार १ सय जनाको स्वाब परीक्षण गर्दा २१८ संक्रमित भेटिएको राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताउनुभयो ।

प्रधानमन्त्रीलाई उपेन्द्र यादवको प्रश्नः महाकाली सन्धिमा राष्ट्रघात किन गरेको ?

DigitalRautahat
meropati

३१ जेठ, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरूले माफी माग्नुपर्ने उनले बताए ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैँमा अपमानजनक भएको बताए । तर काली (महाकाली) नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।

तर महाकाली सन्धिको प्रस्तावनामा नै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकको सीमा नदी भएको स्वीकार गर्दै’ भन्ने लेखिएको उनले बताए । महाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने जवाफ दिनुपर्‍यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ?’

कांग्रेस र कम्युनिस्ट नेताहरूलाई ‘राष्ट्रवादको नारा दिन्छौं, मधेशीहरूलाई गाली गर्छौं तर राष्ट्रघात हामी आफैँ गर्छौं भनेर जनतासँग माफी माग्न आग्रह गरे ।

समाजवादी पार्टीका अध्यक्ष यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय समेत आफ्नो पार्टीले गरेको समेत बताए ।