मधेसीको राष्ट्रियतामाथि शंका गर्ने दिन गए

शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा बोल्दै नेता महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताएका हुन् । उनले भने,तपाईंले राष्ट्रघाती भने पनि प्रत्येक मधेशीले सिपाही भएर सीमाको रक्षा गरेको छ । कति पटक अग्नी परीक्षा दिने हामीले ? सभामुख महोदय, यो संविधानप्रतिको यावत असन्तुष्टिका बावजुद हाम्रो पार्टी भूमी फिर्ता ल्याउन गरिन लागिएको यो संसोधन विधेयकको सहर्ष समर्थन गर्छ ।

उनले मेधसी जनताको राष्ट्रियताप्रति सधैँ शंका गरिएको भन्दै आपत्ति जनाए । महतोले मधेसी जनता सीमा रक्षा गरेर बसे पनि उनीहरुको निष्ठामाथि प्रश्न उठाइएको उल्लेख गरे। उनले नेपालको भूमि रक्षा गर्ने विषयमा आफ्नो पार्टी तयार रहेको उल्लेख गरे। उनले प्रश्न गरे,मधेसीलाई राष्ट्रद्रोही भन्ने ? मेधसी सीमा रक्षक हो। हामीलाई देख्ने वित्तिकै राष्ट्रघाती भन्ने दिन गए। देशको सीमा बनाउन मधेसीले भूमिका खेल्छ।’ उनले देशको भूभाग बेचिएको बादी गर्दै त्यसो गर्नेलाई उजागर गर्नुपर्ने दाबी गरे। महतोले भने, ‘देश कसले बेच्योरु स्वतपत्र जारी गरौँ। ५८ वर्ष अघि बेचिएको हो।’उनले अतिक्रमति भूमि फिर्ता ल्याउन सरकारलाई सुझाव पनि दिए। नक्सा संशोधन मात्र पर्याप्त नहुने भन्दै महतोले ठोस वार्ताका लागि पहल गर्न आग्रह गरे। हिमाल, पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील बताएका छन् ।

उनले नयाँ नक्सासहित संविधान संशोधन ९दोस्रो संशोधन० विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको बताएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार ०९:२५

प्रतिक्रिया दिनुहोस्

लकडाउन उलङ्घन गर्ने व्यवसायीहरुको घोषणा

व्यवसायीहरुले लकडाउन उलङ्घन गर्ने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहिबारदेखि व्यवसायीहरुले पसल खोल्ने भएका हुन् । सरकारले लकडाउन खोल्ने बिषयमा कुनै तदारुकता नदेखाई उल्टै व्यवसायीलाई कर तिर्न ताकेता गरेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजबाट बजार खोल्ने जनाएको छ ।महासंघले एक विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायत क्षेत्रका पसलहरु खोल्ने बारे जानकारी दिएको हो ।महासंघका अध्यक्ष नरेश कटुवालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ११ बजेसम्म दैनिक पसलहरु खोल्ने जनाएका हुन् । नेपालमा अझै लामो समय यही किसिमको लकडाउन जारी रहने हो भने उद्योगी–व्यवसायीहरु व्यवसायबाट पलायन मात्र होइन रोजीरोटी नै गुम्ने खतरा पैदाभएको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीहरुले विज्ञप्ति मार्फत सामाजिक दुरी कायम गर्ने मास्क सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पुरा गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार ०१:२३

प्रतिक्रिया दिनुहोस्

लकडाउन जेठ ३२ सम्म लम्ब्याउने सरकारको निर्णय

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १५:२९

प्रतिक्रिया दिनुहोस्

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।

अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १०:५६

प्रतिक्रिया दिनुहोस्

प्रदेश नम्बर २ मा थप ७६ जनामा कोरोना पुष्टि, जनकपुरमा आइसोलेसनको अभाव

जनकपुर । प्रदेश नम्बर २ मा बिहीबार बिहानसम्ममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका ७६ मध्ये सबैभन्दा बढी धनुषा जिल्लामा २९ जना रहेका छन् । यस प्रदेशमा मात्रै कोरोना संक्रमितहरुको संख्या ४ सय भन्दा बढी पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले जानकारी दिए ।

धनुषामा संक्रमित भएकाहरुमध्ये २० जना लक्ष्मीनिया गाउँपालिकाको २० जना र ९ जना अन्य स्थानको रहेको बताइएको छ । संक्रमित सबैजना क्वारेन्टाइनमा रहेकाहरु नै हुन् । त्यस्तै महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता झाले जानकारी दिए ।

महोत्तरीको १७ जना संक्रमित जलेश्वर नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले जनाएको छ । त्यस्तै, सिरहाको संक्रमितहरुमध्ये बरियारपटीका ५ जना रहेका छन् भने १ जना अन्य स्थानका रहेका छन् । सर्लाहीको मलंगवा क्वारेन्टाइनमा रहेका ७ जना र सप्तरीको १४ जना संक्रमित बोदेबर्साइन नगरपालिका स्थित क्वारेन्टाइनका रहेका छन् ।

यता, धनुषा लगायतका जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढेपछि आइसोलेसनको अभाव भएको छ । आइसोलेसनको अभावसँगै अहिले धनुषा, महोत्तरी, सर्लाहीका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन विस्तार गर्न तर्फ प्रदेश सरकारले लागि परेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार ०६:०४

प्रतिक्रिया दिनुहोस्

एकैदिन १२९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९ सय नाघ्यो

१४ जेठ, काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।

कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो ।
बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् ।

अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा. तिवारीले बताए ।

नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन्

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १६:३२

प्रतिक्रिया दिनुहोस्

पछिल्लो एक सातामै दोब्बरले बढे कोरोना संक्रमित

नेपालमा थप ९० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा ९० संक्रमित थपिएका जानकारी दिए । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ३५ जना, भेरी अस्पतालमा ८ जना, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा ७ जना, सेती प्रयोगशालामा २ जना, पोखरामा २ जना, सुर्खेतमा १२ जना र दाङमा गरिएको परीक्षणमा २४ जना संक्रमित थपिएका हुन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । अघिल्लो मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३ सय ९० रहेकोमा आज त्यो झण्डै दोब्बरले बढेर ७ सय ७२ पुगेको हो । आज मात्र स्वास्थ्य मन्त्रालयले ९० जना संक्रमित थपिएको पुष्टि गरेको हो। हिजो ७८ जना संक्रमित थपिएका थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिराहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रुपन्देहीका १, कैलालीका १, अछामका १, रुयाङ्जाका २ र सुर्खेतका १२ गरी ९० जना संक्रमित थपिएका हुन्। अहिलेसम्म नेपालमा १५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो चौबिस घण्टामा मात्रै ४३ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये दुई जना महिला र बाँकी सबै पुरुष छन् । हालसम्म १२४ जना पुरुष र ३१ जना महिला कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन । नेपालमा हालसम्म चार जना कोरोना संक्रमितको भने मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १३:५२

प्रतिक्रिया दिनुहोस्

अछाममा पनि भेटिए कोरोना संक्रमित

१२ जेठ, काठमाडौं । अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् ।

त्यस्तै बर्दियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै वीरगञ्जको नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पनि सोमबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको जिराभवानी गाउँपालिकाका १८ वर्षका पुरुष र काठमाडौं घर भई कलैया बारामा कार्यरत पुरुषमा पनि संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार ११:०३

प्रतिक्रिया दिनुहोस्

रौतहटमा २६ जनामा कोरोना, संक्रमित ६७५ पुगे

१२ जेठ, काठमाडौं । थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

यस्तै रौतहटको राजपुर परहदवा– २, ६ र ८ तथा इशनाथ– २ मा संक्रमित फेला परेका छन् ।

बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका-३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ती

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार ०६:५०

प्रतिक्रिया दिनुहोस्

थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

९ जेठ, काठमाडौं । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार ०३:३६

प्रतिक्रिया दिनुहोस्